Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा बन्द : देखिएनन् आन्दोलनकारी, चलेनन् सवारी

banda-copy-1637062987.jpg

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ३० कात्तिकमा गरेको नेपाल बन्दले थाहा नगरपालिकाको जनजिवन प्रभावित बन्यो । थाहा नगरपालिकाका मुख्य बजार बन्द रहे भने कार्यालयहरु खुलेनन् । 

बिहानैबाट जिल्ला भित्र चल्ने र लामो दूरीका सार्वजनिक यातायातहरु ठप्प भए । बन्दका कारण थाहाबाट हेटौँडा र काठमाण्डौँ जाने सार्वजनिक यातायात चलेनन् । फाट्टफुट्ट मोटरसाइकल चले पनि अटोहरुसमेत मुख्य सडकहरुमा खासै चलेको देखिएन । 

देशमा मनोमानी ढङ्गले मूल्य वृद्धि भइरहेको समयमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

थाहा नगरपालिकामा नेपाल बन्दको प्रभाव परे पनि बन्दकर्ताहरु भने कतै देखिएका थिएनन् । पसलहरु बन्द गरिए पनि कसैले बन्द गर भन्न नआएको सञ्चालकहरुले बताएका छन् । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०