Tuesday, 18th August, 2026
वि.स.

थाहामा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे कार्यक्रम

IMG_20210804_193710-1628085579.jpg

नेपाल राष्ट्रिय  शिक्षक संगठन थाहा नगर कमिटीको आयोजनामा समसामयिक  सवालमा बिचार गोष्ठी   तथा सहयोग रकम हस्तान्तरण  कार्यक्रम र तेस्रो  बिस्तारित बैठक २० साउनमा सुनौलो बिकास केन्द्र  कुन्छालमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा लामो समयदेखि क्यान्सर रोगको उपचार गराउदै आएका इन्द्रायणी माविका शिक्षक नवराज अर्याललाई सहयोग रकम  रु. १ लाख १३ हजार ८५० हस्तान्तरण गरिएको थियो।

कार्यक्रम नेपाल राष्ट्रिय  शिक्षक संगठन  मकवानपुरका  अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता  र हेटौंडा  नगर कमिटी अध्यक्ष  मुकुन्द न्यौपानेको विशेष आतिथ्यता मा भएको  हो । 

साे अवसरमा नेपाल शिक्षक महासंघ थाहानगरका सचिव  गणेशमान श्रेष्ठ, जिल्ला सदस्य  वीरमान स्याङ्तान, जिल्ला सदस्य  नवराज  अर्याल लगायत थाहा नगर  कमिटीका सदस्यहरुको उल्लेख्य  उपस्थिति  रहेको थिय । 

नेरासिसं थाहानगर अध्यक्ष  रुपचन्द्र गोपालीको सभाध्यक्षतामा भएकाे कार्यक्रम  सचिव  कृष्णप्रसाद  लामिछानेले  सञ्चालन गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif