Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा निःशुल्क एम्बुलेन्स सेवा शुरु, नगर प्रमुख विष्टले गरे एम्बुलेन्स उद्घाटन

ambulence-3-1623503380.jpg

मकवानपुरको थाहा नगरपालिकामा समुदायस्तरमा आर्थिक सङ्कलन गरी भित्र्याइएको एम्बुलेन्सले निःशुल्क सेवा दिने भएको छ । नगर प्रमुख लवशेर विष्टले २९ जेठमा ओखरबजारमा आयोजित कार्यक्रमका बीच एम्बुलेन्सको उद्घाटन गरेसँगै थाहा नगरमा पहिलोपटक निःशुल्क एम्बुलेन्स सेवाको औपचारिक शुरुवात भएको हो । 

अढाई वर्षअघि गाउँमा निःशुल्करुपमा सेवा दिने गरी एम्बुलेन्स सञ्चालन गर्न थाहा नगरपालिका ओखरबजारका युवाहरुले सुरेन्द्रमान प्रधानको नेतृत्वमा आर्थिक सङ्कलन अभियान शुरु गरेका थिए । २९ जेठमा औपचारिक रुपमा नयाँ एम्बुलेन्सको उद्घाटन भए पनि यसअघि गाउँका नागरिकहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्स भाडा समितिले बेहोर्दै आएको थियो । 

२९ जेठमा एम्बुलेन्सको उद्घाटन गरिएपछि स्थानीय बासिन्दा औधी खुसी भएका छन् । उद्घाटन कार्यक्रममा समुदायको खुसीमा खुसी साँट्दै नगरप्रमुख विष्टले निःशुलक एम्बुलेन्स सेवा मानवतामा हुनु पर्ने गुणको नमूना रहेको टिप्पणी गरे । ‘गाउँ गाउँबाट उठ, बस्ति बस्तिबाट उठ’ भन्ने गीत स्मरण गर्दै विष्टले सबैको सहभागितामा मात्र मुलुक निर्माण हुने बताए । 

सो अवसरमा  निःशुल्क एम्बुलेन्स संचालक समितिका संयोजक सुरेन्द्रमान प्रधानले ओखरबजारका युवाहरुको अगुवाइमा भएको निःशुल्क एम्बुलेन्स संचालनको योजना सफल भएकोमा खुशी व्यक्त गरे । उनले अघि भने, ‘अब कोही पनि गरिब असहायले एम्बुलेन्सको अभावमा मर्नु पर्ने स्थिति आउँदैन ।’ 

हालसम्म एम्बुलेन्स खरिदका लागि कुनै पनि प्रशासनिक खर्च नभएको र अभियानमा क्रियाशील व्यक्तिहरुले नै निजी खर्च गरिरहेको जानकारी दिँदै उनले कोहि पनि असहायहरुलाई पूर्ण रुपमा निःशुल्क सेवा दिन कार्यविधि तयार भइरहेको जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०