Monday, 24th August, 2026
वि.स.

थाहामा दुई दिन शिक्षक, चालक/सहचालक र ५५ वर्ष माथिकालाई काेरानाविरुद्ध खाेप लगाइने

IMG_20210714_144040-1626253272.jpg

थाहा नगरपालिकामा ५५ वर्षमाथिका नागरिकहरुलाई लक्षित गरी कोरोना भाइरसविरुद्धको खाेप लगाइने भएकाे छ । खाेपका लागि सबै शिक्षकहरु र गाडी चालक/ सहचालकहरुलाई पनि प्राथमिकतामा राखिएकाे छ । 

खोपको पहिलो डोज नपाएकाहरुलाई ३१ असार र १  साउन गरी २ दिन नगरका सबै स्वास्थ्य केन्द्रहरुमा खोप लगाइने नगरपालिकाले जनाएकाे छ । 

खोप लगाउनका लागि ५५ वर्ष माथिकाले नागरिकता र शिक्षकहरुले सम्बन्धित निकायबाट जारी गरिएको परिचय पत्र अनिवार्य बोक्नु पर्ने नगर स्वास्थ्य शाखाले जनाएकाे छ । त्यसैगरी  चालकको हकमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) र सहचालकको हकमा सम्बन्धित गाडीका चालकको सिफारिस अनिवार्य गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०