Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापनका लागि उद्धार तालिम

uddar-1628781041.jpg

थाहा नगरपालिकामा जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापनका लागि विपद प्रतिकार्य तथा उद्धारसम्बन्धी व्यवहारिक तालिम २८ साउनमा प्रदान गरिएको छ । नगरका सबै वडाका स्वयम्सेवकहरुको सहभागितामा थाहा नगरपालिका र नेपाल पानी सदुपयोग फाउण्डेशनले तालिम दिएको हो । 

५० भन्दा बढी सहभागीहरुलाई पालुङको सङ्खमूलनजिक क्षेत्रगत तालिम प्रदान गरिएको थाहा नगरपालिकाकाका विपद व्यवस्थापन फोकल पर्सन अनिल लामिछानेले थाहा टाइम्सलाई जानकारी दिए । काठमाण्डौँ सिनामंगलस्थित सशस्त्र प्रहरी बलबाट निरीक्षक नन्दकिशोर महतोको नेतृत्वमा आएको टोलीले तालिम दिएको थियो । सहभागीहरुलाई सशस्त्र प्रहरी निरीक्षक महतो, सशस्त्रकै बलराम अधिकारी, मधु ओझा, संजिव मोक्तान र केशव तिमल्सिनाले तालिम दिएका थिए । 

तालिममा नेपाल स्काउट थाहानगर स्थानीय समितिअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, स्थानीय संघसंस्था तथा स्वयम्सेवकहरुको सहभागितामा तालिम भएको हो । तालिमको शुभारम्भ थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले गरेका थिए । 

यसअघि २७ साउनमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

२९ साउनमा जलवायु परिवर्तन र जलउत्पन्न प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी तालिम दिइने नेपाल पानी सदुपयोग फाउण्डेशनका कार्यक्रम संयोजक डा. चिरञ्जीवी भट्टराईले थाहा टाइम्सलाई जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

uddar-1628781045.jpg