nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चुनाव चिन्हः मेयरलाई ब्याडमिन्टनदेखि सदस्यलाई पिर्कासम्म

निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिका मकवानपुरले उमेद्वारी दर्ता गराएका उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिनह प्रदान गरेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले २ सय ६३ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । २१ वैशाखमा १० जनाले नामावली फिर्ता लिएपछिको बाँकी उमेद्वारको नाम प्रकाशन गरेको हो । अब थाहा नगरपालिका भरीमा २ सय ६३ ले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा गर्नेमा ५ मेयर र ५ उयमेयर सहित २ सय ५३ अन्य पदमा छन् । यसमध्ये ६ जना स्वतन्त्र छन् ।

यसैबीच राजनीतिक दलमा आवद्ध उमेद्वारलाई दलकै र बाँकी स्वतन्त्र उमेद्वारलाई उनीहरुकै रोजाइमा चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले बताए । निर्वाचन अधिकृत आचार्यका अनुसार मेयर पदका स्वतन्त्र उमेद्वार सहदेव तामाङलाई ब्याडमिन्टन कर्क चुनाव चिन्ह प्रदान गरिएको छ । 

त्यस्तै ७ नम्बर वडा अध्यक्ष जीवन स्याङ्तानलाई मिलाएको हात, ६ नम्बर वडा अध्यक्ष अष्टलाल रुम्बालाई ठड्याएको औला, ४ नम्बर वडा अध्यक्ष कृष्णराम कार्कीलाई मुठी बाँधेको हात, ३ नम्बर खुल्ला वडा सदस्यका उमेद्वार बिनोद कार्कीलाई जेब्रा र ४ नम्बर दलित महिला सदस्य रामकुमारी कामीलाई पिर्का चुनाव चिन्ह प्रदान गरिएको छ । 
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg