Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा घटेन कोरोनाको जोखिम, एकै दिन १८ जनामा सङ्क्रमण पुष्टि

thaha-update-corona-thaha-1624814244.jpg

थाहानगरमा १३ असारमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसले नगरमा कोरोना सङ्क्रमणको जोखिम नघटेको देखाएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र बज्रबाराहीमा परीक्षण गर्दा १५ जना र थाहा ११ मा परीक्षण गर्दा ३ जनामा कोरोना पोजिटिभ देखिएको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक शक्ति चौरसियाले जानकारी दिए । 

१३ असारमा सङ्क्रमण पुष्टि हुनेमा सबै भन्दा धेरै वडा नम्बर ६ का रहेका छन् । सो वडाका ७ जनामा कोरोना देखिएको छ । त्यसैगरी थाहा १ का २ जना, ३ का ३ जना, ४ का १ जना, ५ का १ जना र ९ का १ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै कोरोनासँग मिल्दो जुल्दो लक्षणसहित बिरामी भएर स्वास्थ्य संस्था आएका थिए । 

यसैगरी थाहा ११ मा १० जनामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको चिकित्सक चौरासियाले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०