Thursday, 2nd July, 2026
वि.स.

थाहामा कोरोना भाइरस रोकथामाको लागि सचेतना फैलाउँदै नगरपालिका

Thaha-1619492649.jpg

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि थाहा नगरपालिकाले सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । पालिकाले प्रत्येक वडाको बजार क्षेत्रलाई अभिलेखीकरण गरी ति क्षेत्रहरुमा माइकिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण व्यवसायीले मास्क अनिवार्य लगाउने र कोभिड सुरक्षा मापदण्ड अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । चोक चौतारो, पसलमा आउजाउ गर्दा गर्दा पनि आफ्नो काम सकिने वित्तिकै आफ्नो घरमा जान र भिडभाग नगर्न पालिकाले सूचना गरेको छ । 

‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारासहित नगरपालिकाले स्थानीय राजनीतिक दल, संघसंस्था, सुरक्षाकर्मी तथा सम्पूर्ण सरोकारवालाहरुको समेत सहभागितामा सचेतनामुलक अभियान संचालन गरिने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०