Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा कोरोना निको हुनेको सङ्ख्या ह्वात्तै बढ्यो, अब निको हुन बाँकी २७ मात्र 

thaha-update-corona-thaha-1631170567.jpg

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरबाट कुनै बेला पाँच सयभन्दा बढी सङ्क्रमित पुगेको थाहा नगरमा पछिल्लो समय निको हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । १२ बैशाखयता थाहा नगरपालिकामा ११५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकोमा ११०९ जना जना निको भएका छन् ।

हाल नगरमा २७ जना कोरोनाको सक्रिय बिरामी रहेको थाहा नगरपालिकाको साप्ताहिक प्रतिवेदनमा जनाइएको छ । नगरपालिकाको विवरण अनुसार नगरमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । 

हाल कोरोनाबाट बिरामी २७ जनामध्ये २६ जना सामान्य अवस्थाका कारण होम आइसोलेशनमा रहेका छन् भने एक जनालाई नगरबाहिर पठाइएको छ । नगरको सामुदायिक आइसोलेशनमा कोरोनाका बिरामीहरुको सङ्ख्या सुन्य रहेको छ । 
 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०