Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा कोरोनाबाट निको हुने ह्वात्तै बढे ? यस्तो छ खास कारण

nnn-1625072583.jpg

थाहा नगरमा १५ असारसम्म कोरोनाको दोस्रो लहरअन्तर्गत परीक्षण गरिएको सङ्ख्या १८०१ थियो । १६ असारमा नगरपालिकाले सार्वजनिक गरिएको प्रतिवेदनमा थाहामा हालसम्म कोरोना परीक्षण गरिएको सङ्ख्या १९१९ रहेको उल्लेख छ । सोही प्रतिवेदनमा १६ असारमा परीक्षण गरिएको सङ्ख्या २५ देखाइएको छ ।

यसैगरी १५ असारसम्म कोरोनाबाट सक्रिय सङ्क्रमित ४८८ र निको हुने बिरामीको सङ्ख्या ३४४ देखाइएको थियो । १६ असारमा सार्वजनिक गरिएको विवरणमा सङ्क्रमित सङ्ख्या ४८८ बाट ह्वात्तै घटेर २८४ पुगेको उल्लेख गरिएको छ भने निको हुनेको सङ्ख्या पनि ह्वात्तै बढेर ५९८ पुगेको देखिएको छ ।

यसरी एकैदिन निको हुनेको सङ्ख्या ह्वात्तै बढ्नु  र अघिल्लो दिनको तुलनामा प्रतिवेदनको विवरण फरक देखिनुको कारणबारे बुझ्दा थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले नगरपालिकाको श्रोतबाट नामसूचीसहितको यथार्थ विवरण नआउँदा यसअघिको विवरणसँग १६ असारको विवरण नमिलेको बताए । एकै दिनमा यति ठूलो सङ्ख्यामा निको भएको नभई १६ असारमा विवरणहरु अद्यावधिक गर्ने क्रममा यस्तो नयाँ तथ्य आएको प्रष्ट पारे ।

सूचना अधिकारी भुजेलका अनुसार थाहा नगरपालिकामा अहिले कोरोनाबाट सक्रिय संक्रमित २८४ जना  रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा धेरै थाहा १ मा ७५ जना रहेका छन् । त्यस्तै थाहा नगरपालिकाको २ मा २७ जना, ३ मा २५ जना, ४ मा १३ जना, ५ मा ७ जना, ६ मा ४३ जना सक्रिय संक्रमित छन् । यसैगरी, ७ मा २ जना, ८ मा ४७ जना, ९ मा ११ जना, १० मा १ जना, ११ मा २० जना र १२ मा १० जना सक्रिय संक्रमित छन् ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०