Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा कोरानाविरुद्ध भेरोसिल खोप शुरु, ६२–६४ उमेरका नागरिकहरु उत्साहित भएर खोप लगाउन आए(फोटो फिचरसहित)

khop1-1623222065.jpg

देशभरका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई चाइनाबाट ल्याइएको भेरोसिल खोप लगाउने अभियान थाहा नगरमा पनि शुरु भएको छ । २६ जेठबाट थाहा नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कोभिड विरुद्धको खोप अभियान शुरु भएको र सो उमेर समूहका नागरिकहरु उत्साहित भएर खोप लगाउन आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

खोप अभियानअन्तर्गत २६ जेठमा विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकीहरु बज्रबाराही, टिष्टुङ र चित्लाङ स्वास्थ्य चौकीमा खोप सञ्चालन भइरहेको छ । 

२७  जेठमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी आग्रा र देउखेल शहरी स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ ।

२६ जेठमा प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउन तोकिएको उमेर समूहका नागरिकहरु आउने र खोप लगाउने क्रम चलिरहेको स्वास्थ्यकर्मी सन्तोष केसीले जानकारी दिए । कतिपय नागरिकहरु भने ६४ वर्ष उमेरभन्दा बढीका आएकोले उनीहरुको नाम र नम्बर लिएर पछि सम्पर्क गर्ने गरी पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङले जनाएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्रमा भएको खोप अभियानअन्तर्गत केही जनप्रतिनिधिहरुले पनि खोप लगाएका छन् । थाहा नगरपालिकामा ९ सय जनालाई कोभिड–१९ विरुद्धको पहिलो माात्राको भेरोसिल खोप लगाउने लक्ष्य राखिएको छ ।  थाहाको प्राथमिक स्वास्थ्य केन्द्रमा ३ सय ४२, बज्रवाराही स्वास्थ्य चौकी खोपकेन्द्रमा १५३, टिष्टुङ स्वास्थ्य चौकीमा १४२, चित्लाङ स्वास्थ्य चौकीमा १०४, आग्रा स्वास्थ्य चौकीमा ६७ र देउखेल शहरी स्वास्थ्य केन्द्रमा ९२ जनालाई भेरोसिल खोप लगाउने लक्ष्य राखिएको थाहा नगर स्वास्थ्य शाखाले जनाएको छ । 

थाहामा सञ्चालित खोप अभियानको स्थानीय स्तरमा चिकित्सकहरु शक्ति चौरसिया र रिकेश कार्की लगायतले सुपरीवेक्षण  गरिरहेका छन् । 

हेर्नुहोस् फोटो फिचर:



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०