Monday, 24th August, 2026
वि.स.

थाहामा काेराेना: सक्रिय सङ्क्रमित २३० पुगे, २५ असारमा ९ थपिए

thaha-update-corona-thaha-1625847654.jpg

थाहा नगरपालिकामा काेराेनाबाट सक्रिय सङ्क्रमितकाे सङ्ख्या २३० पुगेकाे छ । २५ असारमा ९ जना थपिएसँगै काराेनाबाट सक्रिय सङ्क्रमितकाे सङ्ख्या २३० पुगेकाे हाे ।
२५ असारमा १७ जनामा एन्टिजेन परीक्षण गरिएकाेमा ९ जनामा पाेजिटिभ देखिएकाे थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।

याेसँगै थाहामा एन्टिजेनबाट पुष्टि भएका २१७ र पिसिआरबाट पुष्टि भएका १४ गरी २३० जना सङ्क्रमित उपचारारत छन् । एक सताकाे प्रतिवेदन अनुसार याे अवधिमा काेरानाबाट निकाे हुनेकाे सङ्ख्या शुन्य रहेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०