Sunday, 16th August, 2026
वि.स.

थाहामा कांग्रेस–माओवादी छाड्नेको लर्को, १२५ जना एमाले प्रवेश

aaaa-1651592059.jpg

स्थानीय निर्वाचन नजिकिदै गर्दा थाहा नगरपालिकामा एमाले प्रवेशको लहर चलेको छ । २० बैशाखमा थाहा नगरपालिका वडा नंबर १२ मा भएको चुनावी सभामा नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसका १ सय २५ जना कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एवम् नेकपा एमाले बागमती प्रदेशका उप–सचिव एवम् प्रचारप्रसार विभाग प्रमुख महेश बर्तौलाले नवप्रवेशीलाई एमालेमा स्वागत गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसको ५५ तथा नेकपा माओवादीका ७० जना गरी १ सय २५ जना एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार अच्युतमप्रसाद ढकाल, उपमेयरकी उम्मेद्वार कल्पना बलामी, थहा नगर इन्चार्ज विष्णुप्रसाद ढकालसहित एमालेका नेताहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif