Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा कहाँ कति टनेलमा क्षति भयो ? तीन दिनभित्र विवरण बुझाउन वडा कार्यालयहरुलाई पत्राचार

tunnel-1622362198.jpg

गत १३ जेठदेखि परेको अविरल वर्षा र हावाहुरीका कारण कृषकहरुले बनाएको टनेलमा पुगेको क्षतिको विवरण बुझाउन थाहा नगरपालिकाले आग्रह गरेको छ ।

आइतबार नगरपालिका अन्तर्गतका १२ वटै वडा कार्यालयहरुलाई पत्र लेखी नगरप्रमुख लवशेर विष्टले टनेलमा भएको क्षतिको विवरण बुझाउन आग्रह गरेका हुन् ।

हावाहुरीले टनेल र त्यसमा प्रयोग भएका सामग्रीहरु उडाएर लाखौँ रुपियाँ क्षति भएकोमा राहत वा सहयोग उपलब्ध गराउन कृषकहरुले माग गरिरहेको बेला नगरपालिकाले क्षतिको एकीन गर्न विवरण संकलन गर्न लागेको हो । थाहाका पीडित कृषकहरुले आफ्नो क्षति भएको टनेलको बारेमा वडा कार्यालयमा जानकारी दिनुपर्नेछ ।

वडामा क्षति भएको टनेलको विवरण संकलन गरेर तीन दिन भित्र प्रमाणित गरी बुझाउन नगरपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गरेको छ ।

वडा कार्यालयलाई कृषकहरुले क्षतिको विवरण बुझाउँदा आफ्नो नाम, फर्म वा व्यक्ति, सम्पर्क नम्बर, क्षति भएको टनेलको सङ्ख्या, टनेल भित्र रहेको बाली र अन्दाजी क्षति रकमसमेत खुलाएर बुझाउनु पर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०