Saturday, 15th August, 2026
वि.स.

थाहामा एमालेले बनायो १००१ सदस्यीय निर्वाचन परिचालन कमिटी

आगामी बैशाख ३१ हुने स्थानीय निकाय निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले मकवानपुरको थाहा नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार बसेको एमाले थाहा नगर कमिटीको बैठकले अच्युतमप्रसाद ढकालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 
परिचालन कमिटीमा नगर कमिटीका ८१ जना, वडा निर्वाचन परिचालन कमिटीका ४२१ जना, युवा संघका ६२ जना, महिला संघका ६२ जना, महिला कृषक, युवा कृषक, तरकारी उत्पादक कृषक, पेसागत संगठन, खेलकुद महासंघ, प्रेस चौतारी, अनेरास्ववियु, साँस्कृतिक महासंघ लगायतका कमिटीका सदस्यहरु रहेका छन् । 
एमालेले थाहा नगरमा निर्वाचन परिचालन गर्न नगर कमिटी अध्यक्ष विष्णुप्रसाद ढकालको संयोजकत्वमा स्टेरिङ कमिटी, राजु नापितको ंसंयोजकत्वमा आर्थिक श्रोत परिचालन कमिटी, विष्णुहरी ढकालको संयोजकत्वमा प्रचारप्रसार कमिटी र प्रदिप प्रधानको संयोजकत्वमा स्वयंसेवक कमिटीसमेत गठन गरेको छ । अन्य आवश्यक कमिटीहरु समेत गठन गरेको नगर कमिटी संयोजक विष्णुप्रसाद ढकालले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif