Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा एकाविहानै ट्याङ्कर दुर्घटना, इन्धन चुहिन थालेपछि दमकल तैनाथ

bus-1627275162.jpg

११ साउन विहान थाहा नगरपालिकाको कुन्छाल–कुलेखानी सडकअन्तर्गत कुन्छाल डुक्चेबजारमा इन्धन बोकेको ट्याङ्कर पल्टिएको छ । ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर अमलेखगञ्जबाट त्रिभुवन रजापथ हुँदै सिस्नेरीतर्फ गइरहेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर डुक्चेबजारको पुलमा विहान ५ः४५ बजे दुर्घटनामा परेको थियो । 

बास्ताकोटी आयल स्टोर्श सिस्नेरीका लागि इन्धन बोकेर जाँदै गरेको ट्याङ्कर सडकबाट ६ मिटर तल खसेर कोल्टिएको र च्याम्बरबाट इन्धन चुहिरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

पुलको मुखको जमिन भासिएर सडक साँघुरो हुँदा ट्याङ्कर दुर्घटना भएको बास्ताकोटी आयल स्टोर्शका सञ्चालक शंकर बास्ताकोटीले जानकारी दिए । गत १८ असारमा परेको अविरल वर्षाले डुक्चेबजारमा रहेको पुल जोडिएको जमिन खोतेलेपछि सो क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढेको थियो । 

ट्याङ्कर पल्टिएर इन्धन चुहिन थालेपछि आगलागी हुने जोखिम बढेको भन्दै सो क्षेत्रमा थाहा नगरपालिकाको दमकल तयारी अवस्थामा राखिएको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०