Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा एउटै विद्यालयका ९४ विद्यार्थीलाई न्यानाे कपडा वितरण

FB_IMG_1641399772990-1641399936.jpg

गरिवीका कारण पुसकाे जाडाेले कठ्याङ्ग्रिएर विद्यालय आउन समस्या भाेगिरहेका थाहानगरका ९४ जना विद्यार्थीहरु न्यानाे कपडा पाएपछि धेरै खुशी भएका छन् ।

थाहा नगरपालिका वडा नम्बर १२ स्थित नागदह प्राविका विद्यार्थीहरु न्यानाे कपडास्वरुप स्वीटर पाएपछि  खुशी भएका हुन् । 

राेटरी क्लब अफ काठमाडौं वेस्टका पूर्व अध्यक्ष किरणकृष्ण जाेशीकाे सहयाेगमा विद्यार्थीहरुलाई २१ पुसमा एक कार्यक्रमबीच न्यानाे कपडा वितरण गरिएकाे हाे । 

कार्यक्रममा  राेटरी स्याटलाइट क्लब अफ काठमाडौं वेस्टका अध्यक्ष विक्रम जाेशी, राेटेरियन प्रमाेदकृष्ण जाेशी, विद्यालयका प्रधानाध्यापक जाेगबहादुर घलान, अध्यक्ष लालबहादुर वाइवा, शिक्षिका तीर्थकुमारी स्याङ्तान, समाजसेवी सुनमाया भाेम्जन, कर्णकुमार स्याङ्तान लगायतकाे उपस्थिति रहेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०