Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा आयो १८०० जोन्सन खोप : १२ साउनमा १२ स्थानबाट लगाइने (खोपकेन्द्रसहित)

johnson-1627286827.jpg

एक डोजमात्र लगाए पुग्ने अमेरिकी उत्पादन जोन्सन एण्ड जोन्सन खोपको १८०० मात्रा थाहानगर आइपुगेको छ । सो खोप १२ साउनमा नगरको १२  खोप केन्द्रहरुबाट प्रदान गर्नेगरी नगरपालिकाले योजना बनाएको छ । 

नगरको नयाँबस्ती आधारभूत स्वास्थ्य केन्द्र(वडा नं. १), पालुङ स्वास्थ्य चौकी (वडा नं. २), प्राथमिक स्वास्थ्य केन्द्र(वडा नं.४), दामन सहरी स्वास्थ्य केन्द्र(वडा नं.४), भूमिस्थान आधारभूत स्वास्थ्य केन्द्र्र(वडा नं.५), बज्रवाराही स्वास्थ्य चौकी(वडा नं. ६), देउखेल सहरी स्वास्थ्य केन्द्र(वडा नं.७), आग्रा स्वास्थ्य चौकी(वडा नं. ८), चित्लाङ स्वास्थ्य चौकी(वडा नं. ९) टौखेल सहरी स्वास्थ्य केन्द्र(वडा नं. १०), टिस्टुङ स्वास्थ्य चौकी(वडा नं. ११) र लिति आधारभूत स्वास्थ्य केन्द्र(वडा नं. १२) बाट १२ साउनमा खोप लगाइने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रुमख मेघराज बलामीले जानकारी दिए । 

स्वास्थ्य शाखा प्रमुख बलामीका अनुसार १२ साउनमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका एक मात्रा पनि कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई यो खोप लगाइने छ । त्यसैगरी ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरु, यसअघि प्राथमिकतामा परी छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरु, जोन्सन खोप लगाएर मात्र विदेश जानु पर्ने व्यक्तिहरु पनि प्राथमिकतामा परेका छन् । उनीहरुले खोप लगाउन आउँदा उमेर, पेसा र परिचय खुल्ने कागजात अनिवार्यपमा लिएर आउनुपर्नेछ । 

प्राथमिक स्वास्थ्य केन्द्र र बज्रवाराही स्वास्थ्य चौकीमा भने १३ साउनका लागि पनि खोप कार्यक्रम राखिएको छ । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०