Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा आयोजना हुने जेसीजको क्षेत्र ‘ख’ सम्मेलन २ र ३ असोजमा गर्न प्रस्ताव

कोरोना संक्रमण दर बढेका कारण स्थगन गरिएको नेपाल जेसीजको क्षेत्र ख सम्मेलन अब असोज २ र ३ गते गर्न प्रस्ताव गरिएको छ । 

७ साउनमा थानाबजारमा बसेको क्षेत्रीय सम्मेलन संचालक समिति र पालुङ जेसीज कार्यसमितिको संयुक्त बैठकले कोरोना संक्रमण दर घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै असोजमा कार्यक्रम गर्ने निर्णय गरेको हो । 

‘हामीले नेपाल जेसीजलाई पनि पत्राचार गरिसकेका छौँ, अवस्था सामान्य भएमा भौतिक उपस्थितिमा कार्यक्रम सम्पन्न गरिनेछ, अहिलेकै अवस्था रहिरहेमा भर्चुअल माध्यमबाट भएपनि क्षेत्रीय सम्मेलन सम्पन्न गर्नेछौँ ।’ सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले भने, ‘यो थाहानगरको पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजना गर्न लागेका हौँ, भौतिक उपस्थितिमा हुने भएमा देशभरका करिब ६ सय युवाहरुको सहभागिता रहने अपेक्षा गरेका छौँ ।’

देशभरि  ४ वटा क्षेत्रहरु रहने नेपाल जेसीजको पालुङ क्षेत्र ख अन्तर्गत पर्ने गर्दछ । यस क्षेत्रमा विभिन्न जिल्लाहरुमा गरी ३५ वटा शाखाहरु छन् ।
पालुङ जेसीजको आतिथ्यतामा यसअघि सन् २०१५ मा पनि क्षेत्रीय सम्मेलनको आतिथ्यता गरिसकेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०