Saturday, 15th August, 2026
वि.स.

थाहामा आप्रवासी कामदार दिवस मनाइयो

deep-prajwalan-1639898214.jpg

थाहा नगरपालिकामा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका कामदारहरुको सम्झनामा दीप प्रज्वलन गरेर यो दिवस मनाइएको आयोजक थाहा नगरपालिकाले जनाएको छ । एकीकृत ग्रामिण विकास सेवा, सामी परियोजना र हेल्बेटास नेपालको सहकार्यमा थाहा नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । 

सचेत, सीपमुलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवाशनको मूल आधार भन्न नारासहित शिखरकोटमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मनाइएको आप्रवासन परियोजनाका मेलिना केसीले जानकारी दिइन् । 

पत्रकार कुमार नेगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर थाहानगरका अध्यक्ष शम्भु अधिकारी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमल्सिना, प्रहरी, स्थानीय बासिन्दा, परियोजनाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif