nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा आप्रवासी कामदार दिवस मनाइयो

deep-prajwalan-1639898214.jpg

थाहा नगरपालिकामा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका कामदारहरुको सम्झनामा दीप प्रज्वलन गरेर यो दिवस मनाइएको आयोजक थाहा नगरपालिकाले जनाएको छ । एकीकृत ग्रामिण विकास सेवा, सामी परियोजना र हेल्बेटास नेपालको सहकार्यमा थाहा नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । 

सचेत, सीपमुलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवाशनको मूल आधार भन्न नारासहित शिखरकोटमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मनाइएको आप्रवासन परियोजनाका मेलिना केसीले जानकारी दिइन् । 

पत्रकार कुमार नेगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर थाहानगरका अध्यक्ष शम्भु अधिकारी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमल्सिना, प्रहरी, स्थानीय बासिन्दा, परियोजनाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)