Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा अपाङ्गता भएका व्यक्तिहरुलाई बीउपूँजी वितरण

IMG_20210626_141844-1624696477.jpg

थाहा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनकाे लागि बीउपूँजी वितरण गरिएकाे छ । थाहा नगरपालिकाकाे सहयाेगमा अपाङ्ग सराेकार केन्द्रले नगरपालिकाका अपाङ्गता भएका ७ जना व्यक्तिहरुलाई बीउपूँजी प्रदान गरेकाे हाे । 

थाहा नगरका उपप्रमुख खड्गबहादुर गाेपालीले शिखरकाेटकाे विकास घरमा आयाेजित एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरेका हुन्  ।

सीप र प्रविधिकाे उपयाेग गरी वस्तु तथा सेवा उत्पादन गर्न र आम्दानी गर्न जनही रु. १० हजारका दरले बीउपूँजी उपलब्ध गराइएको अपाङ्ग सराेकार केन्द्र मकवानपुरका अध्यक्ष ठाकुरराम थापाले जानकारी थिए । 

बीउपूँजी प्राप्त गर्नेहरुमा युद्धबहादुर थाेकर, बिष्णुहरि केसी, रुपचन परियार, अमिर भाेम्जन, अर्जुन स्याङ्तान, ठूलीमाया रुम्बा र शालिकराम अधिकारी रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०