Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा अझ बढ्दै संक्रमित, थोकर गाउँ बढी जोखिममा

COROOO-1621871033.jpg
  • सुरेन्द्रमान प्रधान/थाहानगर

थाहानगरमा प्रत्येक दिन कोरोना सन्क्रमितको संख्या बढ्दै गएको छ । १० जेठमा मात्र थाहानगरका स्वास्थ्य कार्यालयहरुमा ६५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको छ । ती ३१ मध्ये थाहा १ थोकर गाउँका मात्र १६ जना छन् । बाक्लो वस्ती रहेको गाउँमा डर लाग्दो दरमा संक्रमण फैलिएको डा. रिकेश कार्कीले बताए । संक्रमित परिवारका सदस्यहरु बजारमा खुल्ला हिडिरहदा छिमेकी गाउँले आतंकित हुन थालेका छन् ।

यसैगरी, एन्टिजेन परिक्षणबाट थाहा २ का १, ३ का ५, ४ का ४ र ६ का ५ जनामा थप संक्रमण पुष्टि भएको छ । होम आइसोलेसनमा बसिरहेका संक्रमितहरु मध्ये सोमबार मात्रै श्वासप्रस्वासमा समस्या देखिएका ६ जनालाई रिफर गरिएको छ । थाहा ४ का १ र ६ का १ जनालाई काठमाडौं रिफर गरिएको छभने थाहा १ का श्रीमान श्रीमति, थाहा ३ का १ जना र थाहा ७ का १ जनालाई हेटौंडा रिफर गरिएको छ ।

यसैगरी, कोरोना संक्रमित भै हेटौंडा अस्पतालमा उपचाररत एक जनाको १० जेठ दिउँसो मृत्यु भएको छ । मृतक थाहा ४ का ७५ वर्षिय पुरुष हुन् । उनका परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भई होम आइसोलेसनमा छन् ।

यसैगरी,विभिन्न मितिमा संकलन गरि परिक्षणका लागि हेटौंडा पठाइएका स्वावहरुमध्ये सोमबार १७ जनाको पोजेटिभ रिपोर्ट आएको छ । पिसिआर पोजेटिभ आउनेमा थाहा १ का २ जना, थाहा ६ का १ जना र १४ जना ८ नम्बर वडाका छन् । तीमध्ये कतिपय होम आइसोलेसनमा बसेर १४ दिन पूरा भैसकेका बिरामीहरुको रिपोर्ट समेत पोजेटिभ आएको छ ।

१० जेठसम्म संक्रमितको संख्या ४ सय नजिक पुगेको छ । हालसम्म ४ जनाको मृत्यु, २२ जना निको, ८ जना बज्रबाराही आइसोलेसन, २० जना नगर बाहिर उपचाररत छन् भने अन्य सबै होम आइसोलेसनमा छन् । होम आइसोलेसनम बसेकाहरुलाई सुरक्षित रुपमा बस्न आग्रह गर्दै स्वास्थ्यमा असामान्य देखिएमा तत्काल थप उपचारका लागि स्वास्थ्य केन्द्र आउन डा. कार्कीले आग्रह गरेका छन् । अन्य सामान्य अवस्थामा रहेका बिरामीहरुसङ्ग नियमित सम्पर्कमा रहेको डा. कार्कीले बताए ।

संक्रमणको जोखिममा रहेका स्थानीय स्वास्थ्य केन्द्रमा आउने दर कम भएपछि नगरले सम्बन्धित वडाहरुमै गएर स्वाव संकलन गर्ने कामलाई निरन्तरता दिइरहेको छ । कोरोनाको लक्षण देखिएकाहरुको एन्टिजेन परिक्षण र अन्यको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि हेटौंडा पठाउने गरेको छ । यो क्रममा ११ जेठमा वडा नम्बर ७ मा परिक्षण हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०