Wednesday, 19th August, 2026
वि.स.

थाहानगर ४ नम्बर वडास्तरीय चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

नेकपा एमाले थाहा नगरपालिका  ४ नम्बर वडा कमिटिले आसन्न स्थानीय चुनावलाई थप व्ग्यवस्थित गर्न निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरेको  छ । ४ नम्बर वडाको स्कुल चोक नजिकै स्थापना गरिएको कार्यालयको नेकपा एमाले ३ नम्बर प्रदेश सदस्य महेश्वर सुवेदीले उद्घाटन गरेका हुन् । 

व्यापक जनसहभागिताका बीच ४ नम्बर वडास्तरीय चुनाव प्रचार प्रसार कार्यलय ३० चैत्रमा उद्घाटन गरिएको हो । चुनावलाई एमालेमय बनाउन टोल टोलमा टोल स्तरीय निर्वाचन परिचालन समिति पनि गठन भएको छ ।

भेलामा आफ्ना कार्यकर्तालाई एमाले मुलुककै पहिलो पार्टी बनाउन एमालेले लिएका रणनीति र सकरात्मक कार्यहरुको बारेमा प्रशिक्षण समेत गरिएको छ । एमाले थाहानगर ४ नम्बर वडामा उमेद्वारहरुको समेत छनौंट कार्य पनि संचालन गरिरहेको छ ।

थाहानगर स्तरीय चुनाव परिचालन समितिका संयोजक अच्युतम प्रसाद ढकालको सभाध्यक्षतमाा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद ढकाल, जिल्ला सदस्य इश्वर रुम्बा, गौतम बुद्ध लामालगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif