Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर : ११ असारमा २४ जनामा जाँच्दा १८ जनामा कोरोना

thaha-update-corona-thaha-1624643401.jpg

थाहा नगरपालिकामा ११ असारमा २४ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना पोजिटिभ देखिएको छ । थाहा नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो डरलाग्दो स्थिति देखाएको हो ।

नगरपालिकाको प्रतिवेदन अनुसार ११ असारमा कोरोना परीक्षण गरिएकामध्ये ७५ प्रतिशतलाई कोरोना देखिएको हो । सङ्क्रमण पुष्टि भएका १८ मध्ये सबैभन्दा धेरै ६ नम्बर वडाका रहेका छन् । छ नम्बर वडामा एकैदिन ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी वडा नम्बर १ का ४ जना, २ का १ जना, ३ का २ जना, ४ का १ जना र १० का १ जनामा कोरोना देखिएको छ ।

योसँगै नगरमा कोरोना पुष्टि हुनेहरुको सङ्ख्या ८१३ पुगेको छ । यसमध्ये अहिले पनि ४५९ जना कोरोनाबाट आइसोलेशनमा रहेका छन् । ४२४ जना होम आइसोलेशनमा र ११ जना थाहा आइसोलेशनमा छन् भने २४ जनालाई अवस्था सुधार नभएकोले थाहा नगरबाहिर रिफर गरिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०