Monday, 17th August, 2026
वि.स.

थाहानगर शिक्षा समितिले भन्यो–'शैक्षिक गतिविधि ठप्प नपार, केही न केही गर'

cartoon-group-elementary-1628688484.jpg

थाहा नगरपालिकामा शैक्षिक गतिविधिलाई ठप्प नपार्न निर्देशन दिइएको छ । थाहानगर शिक्षा समितिले २७ साउनमा आग्राको इन्द्रायणी माविमा आयोजना गरेको बैठकमा यस्तो निर्देशन दिइएको हो ।

बैठकमा आग्रा क्षेत्रका १० वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा वडा शिक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैठकमा शिक्षा समिति संयोजक एवम् थाहा–६ का वडा अध्यक्ष शशिधर सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, नगर शिक्षा प्रमुख शोभाकर रेग्मी, शिक्षा समिति सदस्य सुरेन्द्रमान प्रधान, सुमन कार्की लगायतले नगरमा शैक्षिक क्षेत्रलाई कुनै न कुनै रुपमा चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । 

कार्यक्रममा नगर शिक्षा समितिका संयोजक सुवेदीले कोरोनाको जोखिमबाट सुरक्षित रहन कुनै न कुनै क्रियाकलाप गर्न निर्देशन दिए । नगर शिक्षा प्रमुख रेग्मीले कोरोनाको कारण देखाएर शिक्षकहरु घरमा बस्न नपाउने बताउँदै तत्काल बिद्यालयमा उपस्थित भएर शैक्षिक क्रियाकलापमा जोडिन निर्देशन दिए । 

बैठकमा सहभागी प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले भौतिक उपस्थिति बाहेक अन्य गतिविधिबाट विद्यार्थीलाई सिकाइ क्रियाकलापमा जोड्न नसकेको बताएका थिए । प्रविधिमा पहुँचको कमी र आवश्यक सीप, ज्ञानको अभावमा अनलाइन शिक्षण सिकाइमा समस्या भइरहेको उनीहरुको जिकिर थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०