Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर शिक्षा शाखाले भन्यो–'मन्त्रालयको निर्णय अनुसार ४ दिन सबै विद्यालय बन्द'

Thaha-1617066924.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय चारदिन बन्द हुने भएको छ । यद्यपि विद्यालयहरुमा पूर्व घोषित परीक्षा कार्यक्रम बाहेक अन्य विद्यालयमा विदा दिइएको थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए ।
 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यमान वायु प्रदूषणले विद्यार्थीको स्वास्थ्यमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर राखी १६ चैत्रमा विज्ञप्ती प्रकाशन विद्यालय बन्द आव्हान गरिएको हो । थाहानगर शिक्षा शाखा प्रमुख रेग्मीले भने–‘मन्त्रालयले जारी गरेको सूचना र तोकिएको विदा सोही बमोजिम हुनेछ, थाहा नगरपालिका स्थित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पनि सोही सूचनामा तोकिए बमोजिम बन्द रहने व्यहोरा अनुरोध छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यहि चैत्र २० गते शुक्रबारसम्म ४ दिनको लागि विद्यालद बन्द गर्ने निर्णय गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०