Wednesday, 26th August, 2026
वि.स.

थाहानगर विसिंखेलका पुरुषलाई कोरोना पुष्टि

corona-update-t-1594221205.jpg

मकवानपुरको थाहानगरका एकजनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनका प्रमुख भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० बिसिङखेलका ३३ बर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनि केही दिन अघि साउदी अरबबाट नेपाल आएका थिए ।

हेटौँडा –१०मा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षण गर्दा  कोरोना संक्रमण पुष्टि भएको चौलागाईले बताएका छन ।

उनि काठमाडौं बसुन्धरामा रहेको पानस हेटोलमा रहेको होल्डिङ सेन्टरमा बसेर थाहानगर आएका थिए । उनलाई  हेटौंडामा रहेको आइसोलेसन ल्याउने तयारी भइरहेको  जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif