Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर : लायन्स क्लबका पहिलो महिला अध्यक्षको पदस्थापन

IMG_20210720_105820-1626770805.jpg

लायन्स क्लव अफ थाहा पिसको इतिहासमा पहिलो महिला अध्यक्ष राममाया खत्रीको वर्ष २०२१/०२२ का लागि पदस्थापना भएको छ । खत्रीसँगै क्लबका पदाधिकारीहरुको पदस्थापन ५ साउनमा भएको हो । 

लायन्स क्लव अन्तरास्ट्रिय जिल्ला ३२५ बि १ अन्तर्गत जोन १३७ र १३८ का ७ वटा क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसको पदस्थापन भएको  क्लबका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले बताए । 

डिस्ट्रीक्ट गभर्नर बिश्वेश्वर आचार्यको प्रमुख आतिथ्यता भएको समारोहमा लायन्स पिन लगाएर र ग्यावल हस्तान्तरण गरेर पदस्थापन गरिएको हो ।  कार्यक्रम धादिङको मलेखुमा आयोजना गरिएको थियो । 

लायन्स क्लब अफ थाहा पिससँगै लायन्स क्लवहरु धुनबेसी टाउन, काठमाडौं पिस सेतीकाली, धादिङ सल्यानटार, धादिङ निलकन्ठ, धादिङ गजुरी र धादिङ मलेखुको पदस्थापन गरिएको प्रधानले जानाकारी दिए । 

समारोहमा डिस्ट्रीक चिफ एड्भाइजर राजेन्द्र बाराजु, डिस्ट्रीक को–चिफ एड्भाइजर भीमलाल पौड्याल, क्लष्टर चिफ टेकनाथ पौड्याललगायतको आतिथ्यता रहेको थियो ।

पदस्थापन कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका सल्लाहकार भरत गोपाली, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, अध्यक्ष राममाया खत्री, पूर्व अध्यक्ष बिक्रम केसी, प्रथम उपाध्यक्ष जयराम खत्री, सचिव सत्यदेवी स्याङ्तान र सदस्य अनिल घलानको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०