nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर : यी हुन् एकीकृत समाजवादीका एक्ला जनप्रतिनिधि

yubraj-jimbA-1653024891.jpg

थाहा नगरपालिकामा ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा तीन ठूला दलले जित निकालिरहँदा नेकपा एकीकृत समाजवादीबाट एक जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नगरको १२ नम्बर वडाबाट ७५९ मत ल्याएर युवराज जिम्बा वडा सदस्यमा निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीले थाहाको १२ वटा वडामा गरी २२ जना उमेदवारलाई चुनावी मैदानमा उतारेको थियो । वडा नम्बर ६, ८ र ११ मा वडाअध्यक्षसहित प्यानलै उठाएको समाजवादीले १ मा ३ जना सदस्य, २ मा वडाअध्यक्षसहित ४ जना र १२ मा गठबन्धनबाट १ जना सदस्य उठाएको थियो ।

परिणामअनुसार वडा नम्बर ८ का उमेदवार डम्बर लामा उमेदवारी दर्तापछि एमालेतिर लागेपछि उनी आफैले पनि कलममा भोट हालेनन् र परिणाम सून्य रह्यो । वडा नम्बर २ का उमेदवार विरबहादुर तामाङले २ मत, वडा नम्बर ६ का वडा अध्यक्ष उमेदवार ईश्वरलाल रुम्बाले ८ मत र वडा नम्बर ११ का वडा अध्यक्ष उमेदवार किरणमान बलले ३२४ मत ल्याएर पराजित हुन पुगे ।

१२ नम्बर वडामा वडा सदस्य जितेका जिम्बाले भने नेपाली काग्रेसको चुनाव चिन्हबाट मैदानमा प्रतिष्पर्धा गरेका थिए ।

जिम्बा थाहानगरका सबैभन्दा कान्छा जनप्रतिनिधि पनि हुन् । व्यवस्थापन सङ्कायतर्फ स्नातक गर्दै काठमाण्डौँ चन्द्रागिरी नगरपालिकामा बसिरहेका उनी गाउँ फर्किएर निर्वाचनमा होमिएका थिए । चन्द्रागिरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको युवा संगठनको उपाध्यक्ष भएर काम गरिरहेका जिम्बा गाउँ फर्किएपछि एकीकृत समाजवादीको नगर सदस्य र समाजवादी युवा संघको जिल्ला सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)