nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर : मेयर/उपमेयरमा गठबन्धनको अग्रता कायमै, एमाले मतान्तर घटाउँदै

gatabandhan-copy-1652537955.jpg

थाहा नगरपालिकाको मेयरमा वडा नम्बर १ मा ४०१ मतले अग्रता लिएको गठबन्धनले वडा नम्बर २ मा पनि अग्रता कायमै राखेको छ । यद्यपि वडा नम्बर २ मा मतान्तर कम हुँदै गएको छ ।

वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेकपा माओवादीका मेयर पदका उमेदवार विष्णुबहादुर विष्टले ११२९ मत प्राप्त गर्दा नेकपा एमालेका उमेदवार अच्युत्तमप्रसाद ढकालले ७२८ मत प्राप्त गरेका थिए ।

अहिले वडा नम्बर २ बाट प्राप्त मतसमेत जोड्दा मतान्तर कम हुँदै गएको  देखिएको छ । अहिलेसम्म कूल २५०६ मत गन्दा विष्टले १२३७ मत प्राप्त गरेका छन् भने ढकालले ९४९ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा वडा नम्बर १ बाट गठबन्धनको तर्फबाट भरत गोपालीले ९८४ मत प्राप्त गरेका थिए भने एमालेकी उमेदवार कल्पना बलामीले ७५५ मत ल्याएकी थिइन् । वडा नम्बर २ को ४०० समेत गन्दा गोपालीको कूल ११४३ र बलामीको ९१० पुगेको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)