Sunday, 23rd August, 2026
वि.स.

थाहानगर : भेराेसिल छाेपाछाेप, कमैले लगाए जाेन्सन खाेप !

johnson-1627286827-1627401563.jpg

थाहानगरमा पछिल्लोपटक आएकाे १८०० जाेन्सन खाेप मध्ये १२ साउनमा ८६० जनाले लगाएका छन् । अपेक्षाकृत कम व्यक्तिहरु कोरोनाविरुद्दको अमेरिकी कम्पनीको जोन्सन एन्ड जोन्सन खोप लगाउन आएका हुन् ।

यसअघि १९५० डाेज भेराेसेल खाेप आउँदा खाेप नपुगेर लाइनमा बसेका नागरिकहरुलाईसमेत फर्काउनु परेकाे थियाे । 

पूर्व सूचना भएपनि १२ साउनमा थाहाकाे आग्रा स्वास्थ्य केन्द्रमा खाेप कार्यक्रम सञ्चालन हुन सकेन । अन्य  स्वास्थ्य केन्द्रहरुमा  खोप सञ्चालन गर्दा  ४४१ पुरुष र ४१९ महिलाले खोप लगाएकाे नगरपालिकाले जनाएकाे छ । 

१३ साउनमा  बज्रबाराही, आग्रा स्वास्थ्य चौकी र प्राथमिक स्वस्थ्य केन्द्र पालुङमा जोन्सन खोप लगाइने कार्यक्रम रहेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif