Thursday, 27th August, 2026
वि.स.

थाहानगर क्वारेन्टिन शुन्य, सामुदायिक ट्रेसिङमा तिब्रता

COROOO-1603331422.jpg

मकवानपुर थाहा नगरपालिकाको क्वारेन्टिनमा अहिले एकजना पनि कोभिड विरामी छैनन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरु संचालन गरिरहेको थाहानगरले समुदायमा कोरोना ट्रेसिङलाई तिब्रता दिइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयका उपसंयोजक तथा स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

यसअघि पनि थाहानगरले सामुदायिक ट्रेसिङ अभियानकै रुपमा संचालन गरिएको थियो । थाहानगरमा  हालसम्म ४ सय ७५ जनाको सामुदायिक ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएको थियो  । थाहानगरमा कन्ट्याक ट्रेसिङ तथा शंकास्पद गरी ६ सय ३१ जनाको पिसिआर परीक्षण गरिएकोमा ३७ जनामा संक्रमण पुष्टि भएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif