Saturday, 15th August, 2026
वि.स.

थाहानगर : अहिलेसम्म मेयर-उमपेयरमा बदर मत २००० बढी(हेर्नुहोस् विवरण)

badar-matpatra1650956768-1652679569.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत थाहा नगरपालिकाको ६ वटा वडामा मतगणना सकिँदासम्म मेयर र उपमेयरमा बदर मतहरुको सङ्ख्या दुई हजारभन्दा बढी छ । 

वडा नम्बर १ देखि ६ सम्म ६ वटा वडाको गरी कूल ११७३६ मत गणना हुँदा मेयर पदमा २०३३ र उपमेयर पदमा २३९९ मत बदर भएका छन् । ७३ मत सम्पूर्णरुपले बदर भएका छन् ।

वडा नम्बर ६ मा मात्र मेयरमा ७६२ म तबदर भएको छ भने उपमेयरमा ३९६ मत बदर भएको छ ।

प्रतिशतबाट हेर्दा थाहानगरमा मेयरमा १७ प्रतिशत र उमपेयरमा २० प्रतिशत मत बदर भएका छन् । वडा नम्बर ६ मा खसेको कूल मत(२४५७)मध्ये मेयरमा ३१ प्रतिशत र उमपेयरमा १६ प्रतिशत मत बदर भएका छन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif