Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा सुनौला माविकी खुशी गोपाली

adada-1633521801.jpg

थाहा नगरपालिकामा क्रियाशील बाल क्लबका प्रतिनिधिहरुको कार्यक्रमबाट नगरस्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । थाहा नगरपालिका सामाजिक विकास शाखा र महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाका प्रमुखहरुको उपस्थितिमा नगरस्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो । 

थाहा नगरका विभिन्न वडामा गठित वडा स्तरीय बाल क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमबाट सुनौला मावि कुञ्छालमा कक्षा ९ मा अध्ययनरत खुशी गोपालीको अध्यक्षतामा १५ सदस्यीय नगर बाल क्लब सञ्जाल गठन गरिएको हो । 

सञ्जालको उपाध्यक्षमा सरस्वति मावि देउखेलमा अध्ययनरत कृष्णप्रसाद न्यौपाने, सचिबमा इअन इंगलिश एकेडेमी बज्रवाराहीमा अध्ययनरत एलिसा गोपाली, कोषाध्यक्षमा सुनौला माविमा अध्ययनरत विनोद गोपाली र सहसचिबमा बागेश्वरी मावि नौखण्डेमा अध्ययनरत बिशाल गोले रहेका छन् । 

त्यसैगरी सञ्जालका सदस्यहरुमा जनकल्याणमा माविकी प्रकृति थापा, जनकल्याण माविकै ईश्वरी कार्की, मत्स्य नारायण माविकी पवित्रा गुरुङ, हिमालयन इंगलिश सेकेण्डरी बोर्डिङ स्कूलकी प्रतिभा लामा, दुर्गादेवी प्राविकी अस्मिता घलान, इन्द्रायणी माविका रमित ढकाल लगायत रहेका छन् । 

नवगठित बाल क्लब सञ्जालका पदाधिकारीहरुलाई थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, निमित्त     प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तान, सूचना अधिकारी सुरजकुमार भुजेल, सिविन नेपालका मकवानपुर संयोजक झविन्द्र ज्ञवाली, सिविन नेपालकै अधिकृत सम्झना अधिकारी लगायतले एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०