Saturday, 15th August, 2026
वि.स.

थाहानगरले बीउ आलु उत्पादनका लागि प्रस्ताव–पत्र माग्यो, १० लाख उपलब्ध गराइने

Seed-Potato-1635318272.jpg

बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र मानिने थाहा नगरपालिकामा बीउ आलु उत्पादनका लागि प्रस्ताव आह्वान गरिएको छ । 

थाहा नगरपालिकाको कृषि शाखाले एक सूचना प्रकाशित गरी कृषि सहकारी संस्था, कृषि फर्म, कृषि उद्यमी र कृषकहरुबाट रीतपूर्वक प्रस्ताव आह्वान गरेको हो । 

एक महिनाको अवधि दिएर आह्वान गरिएको सूचनामा जनाइए अनुसार प्रस्ताव स्वीकृत भएपछि स्वीकृत वार्षिक कार्यक्रम अनुसार रु. १० लाखसम्म उपलब्ध गराइनेछ । 

कृषि शाखाले प्रस्ताव पेश गर्दा निवेदन, तोकिएको ढाँचामा प्रस्ताव, जग्गाको क्षेत्रफल र भोगचलन खुल्ने कागजात, प्रतिवद्धतापत्र, बीउ आलु उत्पादनसम्बन्धी पाँच वर्षे उत्पादन चक्र र आयोजनासम्बन्धी अन्य आवश्यक कागजातहरु संलग्न गर्नुपर्ने उल्लेख गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif