nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरले बीउ आलु उत्पादनका लागि प्रस्ताव–पत्र माग्यो, १० लाख उपलब्ध गराइने

Seed-Potato-1635318272.jpg

बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र मानिने थाहा नगरपालिकामा बीउ आलु उत्पादनका लागि प्रस्ताव आह्वान गरिएको छ । 

थाहा नगरपालिकाको कृषि शाखाले एक सूचना प्रकाशित गरी कृषि सहकारी संस्था, कृषि फर्म, कृषि उद्यमी र कृषकहरुबाट रीतपूर्वक प्रस्ताव आह्वान गरेको हो । 

एक महिनाको अवधि दिएर आह्वान गरिएको सूचनामा जनाइए अनुसार प्रस्ताव स्वीकृत भएपछि स्वीकृत वार्षिक कार्यक्रम अनुसार रु. १० लाखसम्म उपलब्ध गराइनेछ । 

कृषि शाखाले प्रस्ताव पेश गर्दा निवेदन, तोकिएको ढाँचामा प्रस्ताव, जग्गाको क्षेत्रफल र भोगचलन खुल्ने कागजात, प्रतिवद्धतापत्र, बीउ आलु उत्पादनसम्बन्धी पाँच वर्षे उत्पादन चक्र र आयोजनासम्बन्धी अन्य आवश्यक कागजातहरु संलग्न गर्नुपर्ने उल्लेख गरेको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)