Wednesday, 26th August, 2026
वि.स.

थाहानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण 

THAHA-1622032845.jpg

मकवानपुरमा कोरोना संक्रमण दर निक्कै बढेपछि थाहानगर घर भई काठमाडौमा बस्ने युवाहरुको समुहले १२ जेठमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । काठमाडौंमा बसेर विभिन्न सामाजिक कार्यमा कृयाशील श्री थाहा युथ इन्भेस्टमेन्ट ग्रुपले नगर प्रमुख लवशेर विष्टलाई सो सामग्री हस्तान्तरण गरेको हो । 

ग्रुपका अध्यक्ष कृष्ण कार्कीलगायतले नगरपालिकामा नै पुगेर ८ हजार पिस माक्स, २५ लिटर सेनिटाइजर, १० थान पिपिइ सेट, थर्मल गन एउटा र अक्सीमिटर एउटा सहयोग गरेको हो । अध्यक्ष कार्कीले आफ्नो नगरमा संकटको घडीमा सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउदै भविष्यमा पनि सकेको सहयोग गर्ने बताए ।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीसहित उपाध्यक्ष प्रल्हाद महत र विपद् व्यवस्थापन संयोजक अर्जुन बस्नेत सहभागी थिए । थाहा  युथ इन्भेस्टमेन्ट ग्रुपकाे सचिवमा, जितेन्द्र मगर, कोषाध्यक्ष देवकुमार अर्याल तथा सदस्यहरू सुजन थापा, अस्मीन थापा, बैकुण्ठ थापालगायतअन्य सहयोगीहरु समेत रहेकाे उपाध्यक्ष महतले जानकारी दिए । 

यसैगरी, १२ जेठमै नै थाहा नगरपालिका वडा नम्बर ३ का सन्जिव कार्कीले आफ्नी आमा सुन्तली कार्कीको सम्झनामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कार्कीले नगर प्रमुख बिष्ट समक्ष मास्क ६ पाकेट, १९ थान अक्सिमिटर, सेनिटाइजर २० लिटर हस्तान्तरण गरेका हुन् । आफ्नो नगरलाई सहयोग गर्न आएका दुवै सहयोगीप्रति धन्यवाद दिदै प्रमुख विष्टले यो महामारीलाई सबै मिलेर परास्त गर्न आवश्यक रहेको बताए । थाहानगरमा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेपछि निषेधाज्ञा कडाई गर्दै जेठ १५ गते राती १२ बजेसम्म औषधि र कृषि उत्पादन बाहेक अन्य सबै पसल व्यवसाय बन्द गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

THAHA-1622032848.jpg






Thaha-002-1774415222.gif