Sunday, 23rd August, 2026
वि.स.

थाहानगरलाई काँग्रेसकाे अक्सिजन कन्सन्ट्रेटर सहयाेग

IMG_20210708_165938-1625742929.jpg

काेराेना भाइरस राेकथाम तथा नियन्त्रण अभियानमा सघाउ पुर्‍याउन नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले थाहा नगरलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकाे छ । 

नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय 'डिना'काे नेतृत्वमा थाहा नगरकार्यपालिका आइपुगेको टाेलीले नगरप्रमुख लवशेर विष्टलाई साे उपकरण हस्तान्तरण गरेकाे हाे । 

साे अवसरमा बागमती प्रदेश सांसद सन्तकुमार चेपाङ , थाहानगर उपप्रमुख खड्गबहादुर गाेपाली, नेपाली काँग्रेसका नेताहरु आनन्दराम पराजुली, दिनेश उपाध्याय, याेगेन्द्रमान श्रेष्ठ, भरत गाेपाली, अमृता थापा, रत्नबहादुर गाेले  लगायतकाे सहभागिता रहेकाे थियाे । 

अक्सिजन मेशिन ग्रहण गर्दै थाहा नगरपालिका प्रमुख लवशेर विष्टले सहयाेगप्रति नेपाली काँग्रेसलाई धन्यवाद दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०