Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरलाई अक्सिजन मेशिनसहित स्वास्थ्य सामग्री हस्तान्तरण

192988645_100186682289484-1622388306.jpg

कोरोना सङ्क्रमण दर बढ्दै जाँदा थाहा नगरपालिमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट स्वास्थ्य सामग्रीहरु सहयोग थपिने क्रम जारी छ । 

आइतबार मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ प्रा.लि. र सार्वजनिक यातायात प्रा.लि.को तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । यी संस्थाहरुको तर्फबाट नगरपालिकालाई ७ लिटरको अक्सिजन कन्सन्ट्रेटर १ थान, सेनिटाइजर १० लिटर र १ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । संस्थाहरुको तर्फबाट जिल्लाका विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्ने क्रममा थाहा नगरपालिकालाई पनि हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख लवशेर विष्टले सबै मिलेर कोरोना परास्त गर्नु पर्ने बताए । उनले नगरलाई संघहरुको तर्फबाट उपलब्ध सामाग्रीहरु भन्दा पनि दुखेको घाउमा मलम लगाउने अभियान नै ठूलो भएको बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघ प्रा.लि.का सचिव सरोज खनाल, सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र कार्की, नगर उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीलगायतको उपस्थिति थियो । कोरोनाविरुद्दको अभियानमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई नगरले एकद्वार प्रणालीबाट सहयोग लिँदै आएको र आवश्यक स्थानहरुमा वितरण गरिँदै आएको नगरपालिकाले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०