Monday, 17th August, 2026
वि.स.

थाहानगरलाई अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर सहयाेग

IMG_20210811_123225-1628664495.jpg

थाहा नगरपालिकालाई राेटरी क्लब अफ काठमाडौं वेष्ट र राेटरी क्लब अफ पाेखराले अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर सहयाेग गरेकाे छ । 

२७ साउनमा थाहा नगरपालिकामा आयाेजित एक कार्यक्रमबीच  राेटरी क्लबका प्रतिनिधिहरुले थाहा नगरपालिका प्रमुख लवशेर विष्टलाई दुवै सामग्री २/२ थान  हस्तान्तरण गरेका हुन् । 

थाहामा काेराेना नियन्त्रणमा सहयाेग पुर्याउन अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर सहयाेग गरिएकाे राेटेरियन दिग्विजय विष्टले बताए ।  सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख  खड्ग गाेपाली, पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, दिग्विजय विष्ट,  शारदाभक्त रन्जित, सुरेन्द्रराज जाेशी लगायतकाे उपस्थिति रहेकाे थियाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०