Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा ६ जनामा कोरोना संक्रमण पुष्टि (हेर्नुहोस् कुन वडामा कति ?)

COROOO-1604890346.jpg

मकवानपुर थाहा नगरपालिकाका ६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ महिला र ४ पुरुष रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडाका अनुसार २३ कात्तिकमा गरिएको पिसिआर परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

२३ कात्तिक विहान थाहानगरबाट संकलन गरी पठाइएका ५१ जनाको स्वाब परीक्षण गर्दा थाहा–२ का १८ वर्षिय पुरुष, थाहा–३ का २५ र ३२ वर्षिय पुरुष, थाहा–६ का २२ र ८२ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

संक्रमण भएका एकजना नेपाल प्रहरी र बाँकी संक्रमित परिवारको क्लोज कन्ट्याकमा रही ट्रेसिङमा परेकाहरु रहेको संयोजक बलामीले जानकारी दिए । संक्रमितहरुलाई हाल होम आइसोलेशनमै राखिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif