Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा ४ स्वास्थ्यकर्मीसहित ९ जना होमआइसोलेशनमा

COROOO-1604317738.jpg

मकवानपुर थाहा नगरपालिकामा पछिल्लो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएका ४ स्वासथ्यकर्मीसहित ९ जना घरमै रहेका छन् । उनीहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होम आइसोलेशनमा बसेका हुन् । 

थाहानगरमामा घरमै बसेर कोरोनासँग जुधिरहेकाहरुमध्ये ४ जना स्वास्थ्यकर्मी र एक जना फोटो पत्रकारसमेत रहेको थाहा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । 

‘स्वास्थ्यकर्मीहरु आफै पनि स्वास्थ्य सुरक्षाप्रति जानकार र सतर्क हुने भएकोले घरमै बस्न भनिएको छ,’ बलामीले भने । पछिल्लो समयमा थाहा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएकाहरुलाई होम आइसोलेसनमै रहन नगरपालिकाले सुझाव दिन थालेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif