Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा ४ घण्टा मात्रै बैंक खुल्ने

Bank-1597648007.jpg

हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले भाद्र ९ गते सम्म निषेधाज्ञा जारी गरेता पनि मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले भने कोरोना कहरको बेलामा ४ घण्टा बैंक तथा वित्तिय संस्था खोल्ने निर्णय गरहेको छ ।

आइतबार नगर स्तरीय कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय समिति र बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिको उपस्थितीमा विहान १० बजे देखि दिउँसो २ बजे सम्म कार्यालय खोली सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कोरोना संक्रमणको संख्या बढ्दै गइरहेको बेला मकवानपुर जिल्ला सहकारी संघ लि.ले उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पुर्ण सहकारी लगायत बित्तीय संस्थाहरु संचालन नगर्न अनुरोध गरेका छन् ।

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif