Saturday, 29th August, 2026
वि.स.

थाहानगरमा २ सय ५० महिलाको निःशुल्क स्वास्थ्य उपचार

Mahila-Campp-1613399024.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको दुईदिने निःशुल्क महिला स्वास्थ्य शिविरमा २ सय ५० जनाले सेवा लिएका छन् । शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या पाइएको स्वास्थ्यकर्मीहरुले बताए । थाहा नगरपालिका, बिङ यूथ र पालुङ जेसीजको सहकार्यमा माघ ३० र फागुन १ गतेसम्म संचालन भएको  निःशुल्क महिला स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्याको विशेष उपचारलाई प्राथमिकता दिइएको पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाले बताए । शिविरका क्रममा एकजनामा पाठेघरको मुखमा मासु पलाएको सफल उपचार, १२ जनामा पाठेघर खस्ने समस्या पत्ता लागेको छ ।

त्यस्तै रिङ पेसरी ८ जनामा राखिएको, १६० जना महिलामा प्रजनन् अंगहरुको संक्रमण देखिएको, ४ जनामा बाँझोपन र महिलाहरुमा तनाबसंग सम्बन्धीत समस्या १८ जनामा लगायतको समस्या देखिएको शिविरमा संलग्न चिकित्सकहरुले   बताए । शिविरका अवसरमा उपचारको साथै स्वास्थ्य सम्बन्धी काउन्सिलिङ पनि गरिएको पालुङ जेसीज वर्ष २०२१ का कोषाध्यक्ष निरज रायमाझीले जानकारी दिए । 

शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क उपचारका साथै निःशुल्क औषधि पनि वितरण भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०