Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा २५० कोरोनाका बिरामी,  १ र ६ नम्बरमै १४६

104448813_191110792264781-1627106010.png

थाहा नगरपालिकामा ९ साउनको मितिमा २५० कोरोनाका बिरामी रहेका छन् । त्यसमध्ये १४६ जना अर्थात् ५८ प्रतिशत विरामी वडा नम्बर १ र ६ मा रहेका छन् । 

वडा नम्बर १ मा ६८ जना र वडा नम्बर ६ मा ७८ जना कोरोनाका बिरामी रहेका छन् । बिरामीहरुमध्ये धेरैजसो एकै टोलका रहेका छन् । 

थाहानगरमा १ र ६ नम्बरको तुलनामा अन्य वडाहरुमा कोरोनाका बिरामीहरुको सङ्ख्या कम रहेको छ । वडा नम्बर २ मा १३ जना, वडा नम्बर ३ मा ३२ जना, वडा नम्बर ४ मा  २१ र वडा नम्बर ११ मा १२ जना रहेका छन् । अन्य वडाहरुमा कोरानाका बिरामीहरुको सङ्या १० भन्दा कम रहेको छ । वडा नम्बर ५ मा ९, वडा नम्बर ८ मा १, वडा नम्बर ९ मा ६, वडा नम्बर १० मा ४ र वडा नम्बर १२ मा ४ जना रहेका छन् । वडा नम्बर ७ मा भने सबै बिरामीहरु निको भइसकेका छन् र नयाँ बिरामी फेला परेका छैनन् । 

वडा नम्बर १ मा कोरोनाको दोस्रो लहरअन्तर्गत अहिलेसम्म १९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसैगरी अहिलेसम्म वडा नम्बर ६ मा १८६ जनामा कोरोना पोजिटिभ देखिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०