Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा १९ संक्रमित थपिए, ३ जना थप उपचारकाे लागि रिफर

COROOO-1622563078.jpg

थाहा नगरपालिकामा १८ जेठमा कोरोना संक्रमितको संख्यामा १९ जना थप भएका छन् भने ८ जना निको भएका छन् । १८ जेठसम्म कोरोना संक्रमितको संख्या ५ सय ६५ जना पुगेको छ । होम आइसोलेसनमा बसेर निको हुनेहरुमा थाहा १ का २, ३ का २, ५ का १ र ६ का ३ जना छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा एन्टिजेन विधिबाट १५ जनाको परिक्षण गरिएकोमा १० जनाको पोजेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए ।

यसैगरी, स्वास्थ्य चौकी बज्रबाराहीमा ३ जनाको परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, फिल्ड अन्तर्गत थाहा ७ मा १३ जनाको परिक्षण गरिएकोमा ७ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ । १८ जेठमा पोजेटिभ हुनेहरुमा थाहा १ का १, २ का १, ३ का २, ४ का २, ६ का ४, ७ का ७ र १०, ११, १२ का १/१ जना छन् । 

स्वासप्रस्वासमा समस्या भएर उपचारमा आएका थाहा ४, ६ र १२ का १/१ जनालाई १८ जेठमै थप उपचारका लागि हेटौडा रिफर गरिएको डा. कार्कीले बताए । थाहामा कुल संक्रमित ५ सय ७३ जनामध्ये ६३ जना निको भई सामान्य अवस्थामा फर्किसकेका छन् । ६ जनाको मृत्यु भएको छभने २३ जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य सबै होम आइसोलेसनमा छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०