Friday, 28th August, 2026
वि.स.

थाहानगरमा १५ शैय्याको अस्पताल निर्माणको ठेक्का आशिर्वाद निर्माण सेवालाई

15-Hospital-1617290955.jpg

मकवानपुर थाहा नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माणका लागि आशिर्वाद निर्माण सेवा उदयपुरलाई ठेक्का परेको छ । 

आशिर्वादलाई १२ करोड ५७ लाख ७ हजार ६९ रुपियाँमा ठेक्का परेको हो । यद्यपि अस्पताल निर्माणका लागि १८ करोड छ लाख ८२ हजार रुपियाँ लागत अनुमान गरिएको थियो । अस्पताल निर्माणका लागि जेभी सहित २० बोलदाताले बोलपत्र पेश गरेकोमा ५ वटा प्राविधिक मूल्याङ्कनमा छनोट भएका थिए । 

प्राविधिक प्रस्ताव स्वीकृत भएकाहरुको आर्थिक प्रस्तावमा सबैभन्दा कम आशिर्वादको परेको थाहा नगरपालिका योजना महाशाखा प्रमुख विवेक विडारीले जानकारी दिए । थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माण गरिने अस्पताल सम्झौताको २ वर्षभित्र ठेकेदार कम्पनीले निर्माण सक्नूपर्ने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । निर्धारित समयमा निर्माण कार्य सम्पन्न भएमा नियमानुसार पुरस्कार दिइने प्रशासकीय अधिकृत पुरीले बताए । 

थाहानगरमा १५ शैय्या अस्पताल निर्माणको लागि मंसिर ३० गते बोलपत्र आव्हान भएको थियो । 

यो पनि पढ्नुहोस्

थाहामा १५ शैय्या अस्पताल



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif