Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा ११ जना थपिए, ३ जना निको भए

COROOO-1620397140.jpg

थाहानगरमा कोरोना संक्रमितको दर डरलाग्दो बन्दै गएको छ । २४ वैशाखमा मात्रै २१ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ११ जना पोजेटिभ देखिएका छन् । तीमध्ये स्वासप्रस्वासमा समस्या भएका थाहा ३ का ३८ वर्षिय एक पुरुषलाई हेटौंडा रिफर गरिएको डा. रिकेश कार्कीले जानकारी दिए ।

यो सङ्गै थाहानगरमा ९१ जना संक्रमित भएकामध्ये ३ जना निको भएका छन् । एक साता अघि पोजेटिभ देखिएका ८ जनाको पुनः परिक्षण गरिएकोमा ३ जना निको भएका हुन् । २४ वैशाखमा पोजेटिभ भएकाहरुमा सबैभन्दा धेरै २ नम्बरका ८ जना छन् । १, ३ र ४ मा एकएक जना संक्रमित थपिएका हुन् ।

थाहानगरमा दैनिक रुपले कोरोना संक्रमितको संख्या बढेपछि प्रहरीले स्कर्टिङलाई पनि तीब्र पारेको छ । अनावश्यक कार्यमा सवारीसाधनको प्रयोग गरि आउजाउ गरेकाहरुलाई एक घन्टा 'होल्ड' मा राखिएको प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले बताए । २छ वैशाखदेखि बजार अनुगमन कार्यलाई अझ कडाइ गरिने भएको हुँदा बिना काममा नहिड्न तथा सवारीसाधनको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०