Saturday, 15th August, 2026
वि.स.

थाहानगरमा हुने जेसीज सम्मेलनको तयारी तीब्र

aalukauli-1630039894.jpg

थाहानगरस्थित पालुङ जेसीजको आतिथ्यतामा यही २० र २१ भदाैमा हुने नेपाल नेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको मिति नजिकिँदै गर्दा आतिथ्य शाखा पालुङ जेसीजले तयारी तीव्र पारेको हो । 

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न सम्मेलन निर्देशक समिति, उपसमितिहरुसहित वर्ष २०२१ को बोर्डले विशेष सक्रियता देखाइरहेको सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले जानकारी दिए । नेपाल जेसीज क्षेत्र ख अन्तर्गत सबै शाखाहरुलाई पत्राचार गरिसकिएको  र आवास, खाना, हल, आतिथ्य लगायत व्यवस्थापनका लागि अन्तिम तयारी गरिरहेको उनले बताए । 

त्यसैगरी सम्मेलनकै शिलशिलामा प्रकाशन गरिन लागेको ‘थाहा परिक्रम’ स्मारिका  पनि प्रकाशनको अन्तिम चरणमा पुगेको शाखा सम्पादक अनन्त ढकालले जानकारी दिए ।

सम्मेलनमा नेपाल जेसीजका पदाधिकारी, क्षेत्र ख अन्तर्गत् ३५ वटा शाखाका अध्यक्षहरु लगायत सहभागी हुने पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif