Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया

sami-1611497921.jpg

मकवानपुर थाहा नगरपालिकामा सुरक्षित आप्रवासन परियोजना (सामी) को विषयमा जनप्रतिनिधि र सरोकारवालाहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम भएको छ । 

थाहा नगरपालिकाको आर्थिक सहयोग तथा एकिकृत ग्रामिण विकास सेवाको आयोजनामा ११ माघमा भएको कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)ले थाहा नगरपालिका क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराइएको थियो ।
 
थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरी, सामी परियोजना मकवानपुर सचिब मिनराज पौडेल, सुरक्षकर्मी, पत्रकारलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सुरक्षित आप्रवासनको कानुनी तथा व्यवहारिक पक्षको विषयमा प्रस्तुतिकरण गरेका थिए । उनले थाहा नगरपालिकाले सुरक्षित वैदेशिक रोजगारको विषष्यमा भए गरेको कार्यहरुको विषयमा समेत प्रष्ट्याएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif