Friday, 28th August, 2026
वि.स.

थाहानगरमा संसदीय बैठक प्रणाली तथा शाखा पदाधिकारी तालिम

IMG_20210123_202253-1611412722.jpg

पालुङ जेसीजको वर्ष २०२१ को आयोजनामा साहारा रिसोर्टमा संसदीय बैठक प्रणाली तथा शाखा पदाधिकारी सम्बन्धी एक दिने तालिम  भएको छ । 

मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसिजको आयोजनामा भएको तालिममा पालुङ जेसीज वर्ष २०२१ का निर्वाचित तथा मनोनित पदाधिकारीहरु सहित पुर्व अध्यक्षहरुको सहभागिता थियो । सहभागीहरुलाई पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानले संसदिय बैठक प्रणाली संचालनको बिधी र पद्धती बारे  र जेसीसमा आवद्ध पदाधिकारीका काम कर्तव्य अधिकारका बारेमा अर्का पूर्व अध्यक्ष कुमार नेगीले सहजिकरण गरेका थिए । 

पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषाेत्तम ढकालको प्रमुख आतिथ्यमा भएको तालिम पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाको सभाध्यक्षतामा भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif